भारतले बनायो कोरोनाको औषधी,अत्यन्तै प्रभावकारी रहेको दाबी

काठमाण्डौ – छिमेकी राष्ट्र भारतले कोरोना बिरुद्दको प्रभावकारी औषधि बनाएको दाबी गरेको छ ।

त्यहाँको रक्षा मन्त्री राजनाथ सिंहले सो औषधिको सार्बजनिक गरेका छन् । औषधिलाई भारत सरकारले पनि प्रयोगको लागि अनुमति दिएको छ ।

सो २–डिजी नामको औषधिले बिरामीमा अक्सिजन कमी हुन नदिने दाबी गरिएको छ ।

सो औषधि डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो ।

प्रतिक्रिया