काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । नेप्से बढेपनि कारोबार कम्पनी र कारोबार रकम भने १३ लाखमा झरेको छ ।
मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बजार बन्द भएको थियो । आज ७ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ३ कम्पनीहरुको शेयर मूल्य बढ्दा बाँकी दूई कम्पनीहरुको शेयर मूल्य घटेको छ भने दुई कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
चन्द्रागिरीमा हिँउ परेर पर्यटक बढ्ने भएपछि त्यसको असर चन्द्रागिरीको शेयरमा पनि परेको छ । यो कम्पनीको आज शेयर मूल्य करिव २ प्रतिशतले बढेको छ ।