निरन्तर कोरोना संक्रमण ओरालो लाग्दै

काठमाडौं - पछिल्लो २४ घण्टामा ८०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । कोरोना परीक्षण १० हजार ६७२ जनाको भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २९४ जना छन् ।काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जनालाई संक्रमण पुष्टि भएको छ । 

अहिलेसम्म नेपालमा ८ लाख ९३ हजार ७२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ७३ हजार १४० जना निको भएका छन् भने ११ हजार २ सय जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित १५ हजार ९४२ रहेका छन् । 

प्रतिक्रिया