साताको पहिलो दिन नेप्से १९ अंकले घट्यो,कारोबार रकम ६ अर्वमाथि

काठमाण्डौ – साताको पहिलो दिने नेप्से करिव १९ अंकले घटेको छ । योसँगै समग्र बजार २६१८ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिने कुराले समेत आज लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको देखिएको छ । अत्यधिक विक्रि चापका कारण कारोबार भएका प्राय सबै कम्पनीहरुको शेयर मूल्य घटेको छ । नेप्से घटे पनि कारोबा रकम भने ६ अर्वमाथि पुगेको छ ।

२ सय १९ कम्पनीहरुको शेयर खरिद विक्रि भएकोमा ३२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ८ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । आज २ कम्पनीहरुको शेयर मुल्य सर्किट लेवलमा कारोबार भएको छ ।

एनसीसी बैकको सबै भन्दा धेरै कारोबार हुँदा महिला लद्युवित्त सहित ४ कम्पनीको शेयर मुल्यमा नकरात्मक सर्किट लागेर कारोबार भएको । आज नेप्सेका सबै उपसूचकहरुमा रातो पोतिएको छ ।

प्रतिक्रिया