लुम्बिनी प्रदेश सरकार फेरी संकटमा शंकरविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाण्डौ – दुर्घटनाको टिलमै पुगेर फर्किएको लुम्बिनी प्रदेश सरकारविरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अबैधबाटो बाट सरकार निमार्ण गरेका शंखर पोखरलेविरुच विपक्षी दहरुले आज अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।

यता केन्द्रमा पनि ओली सरकारले बैशाख २७ गते विश्वासको मत लिँदै छ त्यस्तै गण्डकी प्रदेशले पनि २७ गतेनै विश्वासको मत लिन थालेको छ ।

प्रतिक्रिया