देउवा र प्रचण्डले भने-‘संवैधानिक परिषद्को बैठक स्थगित गर’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर एकलौटी रुपमा संवैधानिक आयोगमा नियुक्ति गर्ने तयारी गरे पछि नेपाली कांग्रेस र नेकपा माओवादीले विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको वैठक बोलाए पनि परिषदका सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपाका अध्यक्ष पुष्प कमल दाहालले संवैधानिक परिषदको वैठक स्थगित गर्न माग गरेका हुन् ।

कांग्रेस सभापति देउवाले यस अघि नै विज्ञप्ति निकालेर बैठकमा सहभागी नहुन परिषदका सदस्यलाई आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार विज्ञप्ति प्रकाशित गरेर संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् । बैठकमा ओली सहित राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना जाने निस्चित छ । देउवा र दाहालले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा नजाउन भन्ने मनसायले सार्वजनिक रुपमा अपिल गरेका हुन् ।

संवैधानिक निकायको नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले राणा पनि वैठकमा जान नमिल्ने कतिपयको जिकिर छ । संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया