१९ सांसदलाई कोरोना संक्रमण

काठमाडौं—कोभिडको महामारीले जनप्रतिनिधिलाई पनि राम्रैसँग गाँजेको छ । संसद सचिवालयले वैशाख २७ गतेको विशेष महाधिवेशनका लागि सांसदको कोरोना परीक्षण गरेकोमा १९ सांसदलाई कोरोना पुष्टी भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी)का कर्मचारी छन् ।

प्रतिक्रिया