ओलीको ‘जाल’मा नपर्ने नेपाल समूहको निष्कर्ष

काठमाडौँ—पार्टी भित्र माधव कुमार नेपाल समूहलाई पेल्दे आएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन माधव पक्षीय सांसदलाई फकाइरहेको भए पनि यो पटक ओलीको जालीमा नपर्ने उक्त समूहले निष्कर्ष निकालेको छ । वैशाख २७ गते संसदबाट विश्वासको मत लिन ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, ओली समूहका दोस्रो तहका नेताले कन्भिन्स गर्न खोजे पनि नेपाल समूहले उदारो सहमति नगर्ने अडान लिएका छन् ।

२०७५ जेठ २ गतेको नेकपाको कमिटी, विधान र नेतृत्व ‘बटम–लाइन’ भएको प्रष्ट पारेका छन् । कोभिड–१९ को महामारीबीच सत्तारुढ एमालेभित्रको विभाजनले उत्कर्ष रुप लिएको छ । विभाजन रोक्न राष्ट्रपति भण्डारीदेखि दोस्रो तहका नेता लागेका छन् । नेपाल समूह लचक भएको बाहिर हल्ला चलाए पछि माधव कुमार नेपालले राष्ट्रपति भण्डारीलाई भेटे पछि सामाजिक सञ्जालमा समेत लेखेका थिए— ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर कुनै सहमति भएको छैन ।’

नेपाल पक्षका नेताको निष्कर्ष छ, ‘यसपल्ट ओली जालमा परिँदैन ।’ नेपाल समूहले ओलीका उम्मेदवार राम बहादुर थापालाई टक्कर दिन खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । नेपाल निकट नेताका अनुसार, यतिबेला ओलीले जसरी भए पनि फकाएर राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापालाई जिताउने र संसद्मा विश्वासको मत लिने तयारी गरेका हुन् । त्यो रणनीतिमा राष्ट्रपतिले साथ दिएकी हुन् । नेकपा माओवादी केन्द्र छाड्दै एमाले प्रवेश गरेपछि गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीले पार्टीमा महत्वपूर्ण पदका अतिरिक्त बागमती प्रदेशको राष्ट्रिय सभा उम्मेद्वार बनाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेद्वार बनाएका छन् । सँगै रामबहादुर थापा हार्ने स्थितिमा पुगेका छन् ।

नेपाल पक्षका नेता घनश्याम भुषालका अनुसार कुनै हालतमा २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने, २०७७ फागुन २८ पछिका निर्णय खारेज गर्नुुुपर्छ । ओलीले गलत काम नसच्चाएमा नेपाल–खनाल समूह विद्रोहकै पक्षमा छ । ओली नसच्चिए नेपाल पक्षका सबै सांसदले राजीनामा दिने तयारी रहेको भुषालले बताए । पार्टी भनेको अध्यक्षको मात्र हो र ?’ भुषालले भने, ‘उहाँले मात्र निर्वाचन जितेर आउनु भएको अरु चाहिँ उहाँले नियुक्त गरेको झैँ कुरा गरेर हुन्छ ?

ओली इतर समूहका नेताहरु भन्छन्, ‘संकटमा परेको बेला फकाउँदै सत्ता टिकाउने र फेरि घोक्राउने ओलीको रकमी दाउ हामीले नबुझेको होइन । हामी उनको रकमी खेलेमा पर्नेवाला छैनौँ । उनीसँग उधारोमा केही पनि हुँदैन, जे हुन्छन् लिखित रुपमा र लागू गर्ने मितिसहित सम्झौता हुनुपर्छ । ओलीले हरेक पटक असहज पर्दा फकाएका हुन् र शक्तिमा आएपछि हामीलाई निचोर्न कुनै कसर बाँकी राखेनन् ।’

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय