काठमाडौं-कोभिडको संक्रमण बढेर आम नागरिकको ज्यान बचाउनु पर्ने बेला केही व्यापारीले खोपमा कमिसनको वार्गेनिङ गरेर खोप आउन दिएनन् । निषेधाज्ञाको मौका छोपेर कतिपयले कालो बजारी गरिरहेका छन् ।
तर, यस्ता मनकारी व्यवसायी पनि छन् । जसले व्यक्तिगत रुपमा विरामीको उपचारमा सहयोग पुगोस भनेर अस्पताललाई सवा करोड रुपैयाँ भन्दा बढी सहयोग गर्ने घोषणा गरेका छन् । ती व्यवसायी हुन् । विजय कुमार शाह । जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष ।
शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । शाहको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् ।
आर्थिक वर्ष २०७५÷७६ मा राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित भइसकेका व्यवसायी शाहले धुलिखेल अस्पतालमा रहेका कोरोना भाइरसका संक्रमितहरुको उपचारमा सघाउ पु¥याउन सहयोगको घोषणा गरेका हुन् ।
। शाहले सहयोग गरेको रकमबाट अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागी प्रयोग गर्ने जनाएको छ । मुलुकमा कोरोना संक्रमण बढेर उपचारमा कठिन भैरहेको बेला शाहले उदारताका साथ सहयोग गरेका हुन् । शाहले सहयोग गरे पछि उनको सबैले प्रशंसा गरेका छन् ।