मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यले साथ दिनेछैन । खर्च बढ्ने, लेन देनमा विबाद बढ्ने, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । न
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । गुरुजनको विशेष सहयोग जुट्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन् । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला ।