राष्ट्रपतिको रोबहरमा मध्यरातमा ओली र नेपालबीच ‘आइस ब्रेक’

काठमाडौं–नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कारबाहीमा परेका अर्का नेता माधव कुमार नेपालबीच बार्ता गराएकी छिन् । एमाले उच्च स्रोतका अनुसार राष्ट्रपतिको रोबहरमा दुई नेताबीच विहीवार मध्यरातमा शितल निवासमा ‘आइस ब्रेक’ भएको बताइएको छ । दुई नेताबीच भएको कटु सम्बन्धलाई एकै ठाउँमा राखेर मन माझा माझ गराएर राष्टपतिले आइब्रेक गराएको एमाले भित्र चर्चा छ ।

विभाजन रोक्न राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालसँग विहीवार मध्यरातिसम्म छलफल गरेकी थिइन् । राति १२ बजेसम्म चलेको छलफल निकै सकरात्मक रुपमा अघि बढेको एमाले स्रोतले बतायो । शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली त्यहाँपुगेका थिए । दुवै नेताबीच राष्ट्रपतिको उपस्थितिमा ‘भद्र सहमति’ भएको बताइएको छ । के सहमति भयो भने बाहिर आएको छैन ।

नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको नेताहरुले बताए । वैशाख २७ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने कार्यतालिका छ । माधव नेपाल पक्षले समर्थन नगरे ओलीको सत्ता संकट छ । त्यसलाई जोगाउन पनि राष्ट्रपतिले सक्रियता बढाएकी हुन् । ‘मध्यरातिसम्म शीतल निवासमा भएको छलफलले नयाँ दिशातर्फ अघि बढेको बताइएको छ । एमाले मिलाउनका लागि दोस्रो तहमा नेता पनि सक्रिय भएका छन् ।

 

प्रतिक्रिया