काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १२ अंक भन्दा धेरेले घटेको छ । योसँगै समग्र बजार २६३७ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । आज २ सय १६ कम्पनीहरुको ६ अर्व ७९ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ४१ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२९ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । आज ८ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबा भएको छ भने विशाल बजारको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।
आज नेप्सेका सबै उपसूचकहरु घटेका छन भने बैक क्षेत्र र वित्त क्षेत्र भने सामान्य बढेका छन । आज लद्युवित्तका शेयर धनिहरुले सबैभन्दा धेरै गुमाए भने बैक क्षेत्रका लगानीकर्ताले सामान्य कमाए । आज जलविद्यतुका धेरै लगानीकर्ताहरु मालामाल भए ।