काठमाण्डौ । कोरोना महामारी अत्यन्तै भयानक बन्ने अबस्था आएपछि मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन हाललाई रोकिएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो। सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय भएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
स्थानीयका लागि आइपिओ बिक्री प्रक्रिया ढिला हुने भएपछि सर्वसाधारणका लागि खुल्न पनि ढिला हुने भएको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र प्रभावित र सर्वसाधारण सबैका लागि आइपिओ निष्कासन गर्नुपर्ने कानुनी व्यवस्था छ। यदि निषेधाज्ञा लम्बिँदै गएमा यसमा बोर्डले सहजीकरण गर्नुपर्नेमा ती अधिकारीले जोड दिए।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओखुलाइएको थियो।
यस अघि पनि आईपीओ निष्कासन रोक्नु पर्ने चौतर्फि माग भएको थियो ।