काठमाडौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।
‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।