प्रधानमन्त्रीको छत्रछायाँका व्यवसायीले भ्याक्सिन रोक्नु लज्जास्पद- शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीले भ्याक्सिन रोक्नु लज्जास्पद रहेको बताएका छन्। प्रधानमन्त्री ओलीनिकट व्यवसायीहरू विजय दुगड र ऋतु वैद्यले कमिसनकै कारण कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनाएको कोइरालाले भनेका छन्।

देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरूले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने उनले उल्लेख गरेका छन्।

‘पहिलो चरणको महामारीको समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो,’ सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेखेका छन्,‘देश र जनता संक्रमणको महामारीमा रहेको बेला स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीले जनस्वास्थ्यमाथि गरेको अपराध र बेइमानी कदापि क्षम्य हुनसक्दैन।
यी सबै कुराको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै उनले समय आएपछि जनताले यसको हिसाब गर्ने जिकिर गरेका छन्।

प्रतिक्रिया