काठमाण्डौ – टिपिक गीत सिर्जनामा माहिर मानिने लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको नयाँ गीत कानछा कानछी भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समयकी निकै चर्चित गायिका शान्ती श्री परियार र तेजश रेग्मीको आवाज रहेको सो गीतलाई रेग्मी आफुैले लय तथा शब्द सिर्जना गरेका छन ।
गीतमा रेग्मीले निकै रमाइला र चोटिला शब्दको संयोजन गरेका छन । गीत छोटो समयमै सामाजिक सञ्जालमा निकै चर्चित बनिरहेको छ । गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ ।
सुनिल क्षेत्रको निर्देशन रहेको भिडियोमा सुनिल क्षेत्र र गिता ढङ्गानाको अभिनय रहेको छ ।