काठमाडौं—एनआईसी एशिया बैंकले विभिन्न वित्तीय संस्थाको स्वामित्वमा रहेका शेयर धमाधम बिक्री गरिरहेको छ । आरएमडिसी लभुवित्तको शेयर बिक्रीका लागि सोमबार बोलपत्र आह्वान गरेको एनआईसीले आज मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३८८ कित्ता शेयर लिलामीमा राखेको छ ।
कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २९ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो । यो शेयरको मूल्य प्रतिकित्ता न्यूनतम रू. ५७६ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा पर्ने आवेदकहरुले कम्पनीले बैशाख २३ गतेपश्चात घोषणा गर्ने हकप्रद र लाभांश प्राप्त गर्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।