दुइ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको बजारमा १९ अङ्कको गिरावट

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज साताको पाँचौ दिन पनि बजार घटेको छ ।  बुधबार ५।११ अंकले घटेको नेप्से २०५७।६८ अंकमा पुगेर बन्द भएको थियो । आज १९।०६ ले घटेर २०३७।८३ अंकमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिकृत भएको २२३ वटा कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता कारोबार हुँदा १ अर्व ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको छ ।


नेप्से ओरालो लाग्दा पनि २ कम्पनीको भने सर्किट लागेको छ । हिमालयन हाइड्रोपावर, अप्पर हेवाखोलामा हाइड्रोपावरमा सर्किट लागेको हो । एनआइसि एसिया फण्ड ४।२१ दोर्दी खोला जलविधुत् ३।८२ प्रतिशतले बढेको छ । उपसूचकमा आज सबैमा रातै भएको छ । बीमा समूहको उपसूचकमा आज सबै भन्दा धेरै दवाव परहेको छ । आज शिवम सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

प्रतिक्रिया