निषेधाज्ञा एक साता थपियो, पसल खोल्ने समय घटाईयो

काठमाडौं-कोभिडको प्रकोपलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई एक हप्ता थप गरेको छ । निषेधाज्ञामा थप कडाई गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्चालन, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालनमा थप कडाइ गरेको हो । पसल खोल्ने समयमा कटौटी गर्दै खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीले विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिस बनाएमा आवतजावतका लागि प्रशासन कार्यालयले सहजीकरण गरिदिनेछ ।
फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र जान पाइने भएको छ ।

प्रतिक्रिया