आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’

प्रतिक्रिया