कोभिडको उपचार गर्ने स्वास्थ्यकर्मीको जोखिम भत्ता आधा कटौती

काठमाडौं-मुलुकमा कोभिड संक्रमण फैलिइरहेका बेला जोखिम लिएर काम गरिरहेका स्वास्थ्यकर्मीको जोखिम भत्ता आधा कटौती हुने भएको छ । सरकारले कोरोना संक्रमितको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिने निर्णय परिवर्तन गर्दै आधा दिने निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले ५० प्रतिशत जोखिम भत्ता पाउने जानकारी गराएका हुन् । ’कोभिड–१९ को पहिचान, निदान, उपचार, विरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालत तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता व्यवस्था गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सरकारको यो निर्णयको स्वास्थ्यकर्मीले विरोध गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीको जोखिम भत्ता कटौती गर्ने सरकारको कदमले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल घट्ने बताए ।

प्रतिक्रिया