नेपालमा कोरोना संक्रमणबाट ३ हजार ३६२को मृत्यु, सात हजार ४४८ संक्रमित थपिए

काठमाडौं-कोभिड संक्रमण उच्च गतिमा वृद्धि भए पछि कोभिडको कारण मृत्यु हुनेको संख्या बढेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ भने सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् । काठमाडौं उपत्यकामा ११८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया