काठमाडौं–कोभिडको संक्रमण फैलिरहेर उपचारमा ग्यास अभाव भैरहेका बेला चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ । अक्सिजन सिलिन्डर हवाइ र स्थल मार्गबाट ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितीमा चीनले नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
पछिल्लो समय अक्सिजन सिलिन्डरको माग बढेपछि अभाव भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रका सचिव खगराज बरालका अनुसार सीसीएमसीको शुक्रबारको बैठकमा पनि चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये दुई सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको थियो ।