काठमाण्डौ – सरकारले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा यस अघिनै सार्वजनिक गरेको नागरिक एपको फुल भर्सन अपडेट गरेको छ ।
सार्वजनिक भएसँगै समस्याले ग्रसित एपमा अहिले पनि राम्रोसँग चल्न सकेको छैन तर सरकारले भने यसमा केहि राम्रा सेवाहरु थप गरेको छ । त्यस मध्यको एक हो एप मार्फतनै बैक खाता खोल्न सकिने ।
आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप मार्फत नै क्युआरकोड स्क्यान गरेर नेपाल बैंकमा खाता खोली यो सेवाको उद्घाटन गरेका छन्। क्युआरकोड मार्फत नै नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिनेछ।
यो संगै खाता खोल्नको लागी बैंक धाउनुपर्ने झन्झट समेत अन्त्य भएको छ। आगामी दिनमा खाता खोल्ने यो सुविधा अन्य बैकहरुमा समेत विस्ता गर्ने सरकारको लक्ष रहेको छ । प्रहरी रिपोर्ट,नागरिक लगानी कोष, स्वास्थ्य इन्स्युरेन्स जस्ता सुविधा एपमा पहिले नै राखिएको छ । तर धेरैको नागरिकताको विवरण भने म्यचा हुन सकेको छैन ।