काठमाण्डौ – एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा दोस्रो चरणको कोरोना संक्रमण भयावह भएको बेला उच्च तहका नेताहरूलाई समेत यसको असर देखिन थालेको छ ।
पखला लागेर अस्पताल गएका खनालको कोरोना टेष्ट गर्दा संक्रमण देखिएको हो ।
अहिले खनालको नर्भिक अस्पतालमा उपचार भइरहेको स्रोतको दाबी छ । अहिले खनालको अवस्था सामान्य छ ।