काठमाण्डौ – नेपालमा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।
यो अवधिमा १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
१४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् ।