काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना महामारी भयाबह भएको भन्दै अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।
कोरोना संक्रमणको भयावह अवस्थामा भएको र सरकार एक्लैले यसको सामना गर्न नसक्ने भन्दै सहकार्य गर्न तयार रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ, ’ पूर्व मन्त्री थापाले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्, ‘प्रधानमन्त्री ज्यू कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस ।’
थापाले सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्न आग्रह गरेका छन् । ’ सरकारले हामी सक्दैनौँ भनेर मन्त्रालयले हात उठाउने प्रधानमन्त्रीको प्राथमिकता अझै पनि महामारी नपरेकोमा आपत्ति व्यक्त गरेका छन् । थापाले कोरोनाको कारण कठिन अवस्था सृजना भएको भन्दै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ रहेको बताएका छन् । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने थापाको तर्क छ ।