काठमाण्डौ – सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने भएको छ ।
आज बसेको सिसिएमसीको बैठकले कोरोना सङ्क्रमण गतिले बढेको अनुमान सहित जोखिम रहेका २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
नेपाल भारत बीचमा ३५ नाकाहरु रहेका छन् । धेरै नेपालीहरु भारतमा रहेको हुँदा उनीहरू नेपाल आउँदा सङ्क्रमण पनि सँगै आउने जोखिम छ ।
सिसीएमसीले पशुपतिनगर,काँकडभिट्टा, जोगवनी, भिट्टामोड,गौर,वीरगञ्ज,कृष्णनगर,बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट मात्रै सञ्चालन गर्न सिफारिस भएको हो ।