काठमाडौं– कोरोना संक्रमण तिब्र रुपमा फैलिए पनि अवस्था भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।