सबैभन्दा ठूलो आईपीओ जारी गरेको निफ्राले नाफा बढायो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं—अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले भविस्यवमा के कति प्रतिफल देला सबैको चासोको विषय छ । निफ्राले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने ईपीएस सामान्य घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी हो । खुद ब्याज आम्दानीसँगै फि कमिशन आम्दानी बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी १९ लाख ७६ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा समीक्षा अवधिमा ०.६१ प्रतिशत बढेको छ।चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४५ पैसा घटेर ५ रुपैयाँ २ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११६.६ गुणा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.९२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २३.७९ प्रतिशत बढेको छ भने कर्जा २७६.६३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया