काठमाण्डौ – नेपालमा कोरोना लागेर एकै दिन ३५ जनाको ज्यान गएको छ ।
बिहीबार मन्त्रलायले दिएको जानकारी अनुसार २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो अवधिमा १३ हजार ५ सय ६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गरिएको थियो ।
बिहीबार थपिएका ४ हजार ९ सय २८ संक्रमितसहित नेपालमा कूल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
आज ज्यान जानेको संख्या अहिले सम्मकै उच्च हो ।