काठमाडाैअ - न्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध हटाएको छ।
२०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसिसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको थियो।
आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङमा (आर्थिक नियन्त्रण) मा राखेको थियो।
निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसिसीले आर्थिक मापदण्ड पालना गर्नु पर्ने शर्त राखेको थियो।