उपत्यकामा आजदेखि निषेधाज्ञा सुरु

काठमाडौं- कोभिडको संक्रमण फैलिए पछि स्थानीय प्रशासनले आजदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमित र मृत्यु हुने बढे पछि निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञामा अत्यावश्यक काम बाहेकका सबैलाई घर भित्र बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन् ।

स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन् । तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ ।

आज विहानैदेखि निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी चेकिङ बाक्लो बनाइएको छ । काठमाडौं भित्रिने नाकाहरुमा विहानैदेखि कडाई सुरु गरिएको छ । बुधबार एकदिनम४ हजार ७ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन् । नेपालमा सक्रिय संक्रमित पनि ३० हजार नाघेको छ ।

प्रतिक्रिया