जनमोर्चाका प्रदेश सांसद शाही अपहरणमा परे की करोडौंमा बिक्री भए ?

पोखरा–राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले किनेको वा अपहरण गरेको आरोप लागेको छ । नेकपा एमालेका मुख्यमन्त्री गुरुङ विरुद्धको अविस्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्ने निर्णय गरेको अवस्थामा सांसद एकाएक बेपत्ता भएपछि जनमोर्चाका एक नेताले यस्तो आरोप लगाए । एक जना सांसद अनुपस्थित हुनासाथ अविस्वास प्रस्तावको समर्थनमा सांसदको संख्या पुग्दैन ।

पार्टीले मुख्यमन्त्रीको विपक्षीमा मतदान गर्ने निर्णय गरेको अवस्थामा की मुख्यमन्त्रीले ठूलो आर्थिक प्रलोभनमा शाहीलाई पारेको वा सांसद साही अपरण गरेको हुन सक्ने जनमोर्चाका एक नेताले बताए । ‘मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने दिननै हाम्रा सांसद एकाएक बेपत्ता हुनुभयो,’ जनमोर्चाका एक केन्द्रीय नेताले भने, ‘कि ठूलो आर्थिक प्रलोभनमा पारेर किनेको हुनुपर्छ होइन भने कि अपहरण भयो ।’ संसददीय अभ्यासमा विगतमा पनि सांसद किनबेच भएका घटना छन् । सत्ता टिकाउनका लागि अनेकन घृणित खेल हुने गरेका छन् । ती नेताका अनुसार अन्य कुनै कारणले शाही अनुपस्थित हुनुपर्ने अवस्था छैन । मुख्यमन्त्रीले शाहीलाई करोडौं रुपैयाँको प्रलोभनमा पारेर संसदमा उपस्थित नभएको हुन सक्ने पनि आशंका गरिएको छ । ती नेताका अनुसार अहिले अपहरण गर्न सजिलो छैन । आर्थिक प्रलोभनमा पारेर नै शाहीलाई प्रदेश सभामा आउन रोकिएको छ । मुख्यमन्त्रीलाई दोष दिन भन्दा पनि आफ्नै सांसदले गद्दार गरेको ती नेताले बताए । सत्ता टिकाउनका लागि अनेकन खेल हुनसक्छन्, ती जनमोर्चाका नताले भने, तर हाम्रै सांसदको दोष देखिन्छ ।

गण्डकी सरकार ढल्ने बताइरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद एकाएक बेपत्ता भए पछि जनमोर्चाका प्रमुख सचेतक पियारी थापाको अनुरोधमा प्रदेश सभा स्थगित भएको छ । गण्डकी प्रदेशसभाको जारी वैठकमा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका हुन् ।

कांग्रेस–माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन् । उनको फोन पनि स्वीचअफ छ । त्यसैगरी, स्वतनत्र सांसद दिपक मनाङे पनि अनुपस्थित छन् ।

अविश्वास प्रस्तावमा जनमोर्चाको समर्थन थियो । जनमोर्चाका सांसद शाही अनुपस्थित भए मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको मत पुग्दैन ।
अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् । जसपाका २ जना छन् । शाही अनुपस्थित भए जनमोर्चाका दुवैजनाले मत दिए पनि अविश्वास प्रस्ताव पारित हुँदैन । प्रदेश सभामा माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटा छन् । उनले फ्लोर क्रस गरे भनेमात्र सरकारको विक्षमा मत पुग्छ ।

प्रतिक्रिया