सवा ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं दुई लघुवित्तको करिव सवा पाँच लाख कित्ता शेयर बिक्रीमा राखिएको छ । मेरो माइक्रोफाइनान्स र लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५ लाख २० हजार ७४३ कित्ता संस्थापक शेयर आइतवार(आज)देखि लिलामीमा विक्री खुला गरेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ र आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक शेयर बैशाख २० गतेसम्मका लागि लिलामीमा विक्री खुला भएको हो ।

लिलामी बोलकबोलका लागि मेरो माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडिसी लघुवित्तको प्रतिकित्ता रू. ४३७ तोकिएको छ । यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा बैंशाख १२ गतेपछि घोषण हुने हकप्रद शेयर तथा लाभांश प्राप्त गर्नेछन् ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया