नेदरल्याण्ड्समाथि नेपालको शानदार जित,अहिले सम्मकै ठूलो लक्ष दिएको नेपाल च्याम्पिन बन्यो

काठमाण्डौ – काठमाडौंमा सम्पन्न त्रिकोणात्मक क्रिकेट खेलमा नेदरल्याण्ड्स लाई हराउँदै नेपालले उपाधि रक्षा गर्न सफल भएको छ ।

आफ्नो खेत इतिहासकै सबै भन्दा ठूलो योगफल बनाएको नेपाल सामु पाहुना टोली निरीह बन्यो ।

आज नेपालको ब्याटिङ र बलिङ दुवै चम्किएको थियो । त्यसैको फलस्वरूप फाइनलमा नेपालले शानदार जित निकाल्न सफल भएको हो ।

नेपालले २३८ रनको लक्ष्य दिएको थियो । लक्ष पछ्याएको नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । योसँगै नेपालले १४२ जनाको शानदार जीत निकाल्यो ।

नेपालका २ खेलाडीले अर्धसतक बनाउन सफल बने । कुसल मल्ल र कुशल भुर्तेलले अर्धसतक बनाए भने दीपेन्द्र सिंह ऐरीले ४८ रन जोडे । त्यस्तै आशिफ ले १६ र ज्ञानेन्द्रले ३३ रनको योगदान दिए ।

यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।

प्रतिक्रिया