एक महिना लक डाउन गर्ने सुझाव, अवस्था बन्यो निकै जटिल

काठमाण्डौ – कोरोना संक्रमण भयावह बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा lockdown गर्न सुझाव दिएको छ ।

दोश्रो लहरको कोरोना संकरणमा संक्रमणले भारतलाई आजित बनाइरहेका बेला त्यसको असर छिमेकी देश नेपालमा पनि परिरहेको छ । पछिल्ला दिनहरुमा नेपालमा दैनिक २ हजार भन्दा धेरै संक्रमित थपिँदै गइरहेका छन् ।

अहिलेको अवस्थालाई नियन्त्रणमा लिन कम्तिमा पनि चार साता उपत्यकामा lockdown गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

कोभिट १९ संकट व्यवस्थापन केन्द्रले समेत सरकारलाई ४ साता lockdown गर्न सुझाव दिने छ । त्यस पछि मन्त्रिपरिषद् ले यसको टुङ्गो लगाउने छ ।

प्रतिक्रिया