पशुपति मन्दिर अनिश्चतकालको लागि बन्द

काठमाण्डौ – कारोना महामारी अत्यधिक बढेपछि हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर बन्दहुने भएको छ ।

बैशाख १० गते शुक्रबारबाट मन्दिर बन्द हुने लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना महामारी नियन्त्रणमा नहुँदा सम्म मन्दिुर नखोलिने कोषले जनाएको छ ।

कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि ९ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । संक्रमण केही कम भएपछि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।

दोस्रो लहरको कोरोना संक्रमण नेपालमा भयाभह भइरहेको छ ।

प्रतिक्रिया