काठमाण्डौ – सुरक्षित लगानी मानियको मध्य ऋणपत्र पनि एक हो । साना लगानीकर्ताको यसमा निकै कम रुचि हुने गरेको भए पनि ठुला लगानीकर्ताहरुले यसमा लगानी गर्ने गर्दछन ।
यसै विच वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा नेपाल बैकले बैंकले बैशाख २२ गतेदेखि ‘८।५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ ।