काठमाडौं नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटघाटलाई तिब्रता दिएका छन् । दिउँसो वरिष्ठ नेता नेपालसँग भेट गरेका ओलीले साँझ अर्का नेता बामदेब गौतमसँग विहीवार राती डिनर मिटिङ गरेका छन् ।
दिउँसो मेरियट होटलमा नेता माधव नेपालसँग संवाद गरेका ओलीले साँझपख गौतमसँग बालुवाटारमा डिनरसहितको भेटघाट गरेका हुन् ।
गौतम–ओली भेटमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएका थिए ।
एमाले विभाजनको डिलमा पुगेका बेला ओलीले नेताहरुसँग बढाएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गौतम एमालेको संस्थापनले बोलाएको संसदीय दलको बैठकमा गए पनि केन्द्रीय कमिटी बैठकमा जाने गरेका छैनन् ।
गौतम ६ बैशाखमा बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठमा समेत सहभागी भएका थिएनन् । अर्को बैठक पुनः बस्दै छ । भोलिको बैठकमा गौतम सहभागी हुन्छन् या हुँदैनन् यो भने प्रष्ट भएको छैन । बैठकमा के सहमति भयो भन्ने बाहिर आएको छैन ।