आईपीओ जारी गरेको सिंगटीको अर्को साता कारोबार, कति होला ओपनिङ्ग रेन्ज ?

काठमाडौं—सर्वसाधारणका लागि आईपीओ जारी गरेको सिंगटी हाइड्रो इनर्जीको शेयर सूचीकण प्रकृया अघि बढेको छ । कम्पनी शेयर सूचीकरणको लागि कागजातहरु सिडिएस एण्ड क्लियरिङ्गमा पुगेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गले सूचीकरणका लागि आवश्यक कागजातहरु प्राप्त भएको छ । सिडिएससीले कम्पनीबाट प्राप्त कागजातहरू अध्ययन गरेर यहि साता भित्रै कम्पनीको शेयर, शेयरधनीको डिम्याट खातामा पठाउने तयारी गरेको छ ।

कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ । त्यस अनुसार कम्पनीको शेयर अर्को साता नेप्सेमा सूचीकृत भएर त्यहि साता देखि नै कारोबारमा आउने देखिन्छ ।

नेप्सेले कुनैपनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने प्रावधान छ ।
गत आर्थिक वर्ष २०७६÷७७ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ छ । त्यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया