काठमाण्डौ – नेपालमा कोरोना संक्रमण भयावह हुने देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २४ सय २८ जना नयाँ संक्रमित भेटिएका छन् ।
पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोनाबाट ५ जनाको ज्यान गएको मन्त्रलायले जनाएको छ ।
यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना महामारी उच्च बनेपछि सहरी क्षेत्रका विद्यालय सरकारले वैशाख महिनाभरी बन्द गर्ने निर्णय गरेको छ ।