• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

पुरानै लयमा फर्किदै शेयर बजार,साताको अन्तिम दिन करिव १६ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से करिव १६ अंकले बढेको छ । योसँगै समग्र बजार २६४८ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा २ सय १४ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य १ सय २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज होटल उपसमूह बाहेक सबै उप समूहमा हरियो पोतियो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज ५ अर्व ९१ करोड भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया