प्रदेश १ का मुख्यमन्त्री राईलाई बलत्कारी भनेपछि बालिका खड्कालाई प्रहरीले समायो

काठमाण्डौ – नेकपा एमालेको पार्टी कार्यालय आज मात्र थापाथलिमा सरेको छ । त्यहाँ आज पहिलो पार्टी बैठक बस्न सबै तहका नेता कार्यालय आएका थिए । यसै विच कार्यक्रममा अचम्मको आवाज सुनियो जसले सबैको ध्यान तान्यो ।

कार्यक्रममा सहभागी प्रदेश १ का मूख्यमन्त्री शेयरधन राईलाई बलत्कारी हो भन्ने आवाज आयो । सबैको ध्यान तेतै तानियो । यस्तो गम्भीर आरोप लगाउने महिला थिईन बालिका खड्का । उनले विगत लामो समयदेखि राईले आफुलाई बलत्कार गरेको आरोप लगाउँदै आएकी छन ।

उनको सो आरोप पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । खड्काले विभिन्न मिडियामा समेत पुगेर राईले आफुलाई बलत्कार गरेको गम्भीर आरोप लगाउने गरेकी छन ।

प्रतिक्रिया