जनस्तरबाट चर्को विराध भएपछि बाग्लुङ नगरपालिकाले पुल तर्दा २० रुपैयाँ शुल्क हटायो

काठमाण्डौ – एसियाकै लामो भनिएको पुल तर्दा लिइदै आएको २० रुपैयाँ पूर्वाधार कर बाग्लुङ नगरपालिकाले तत्कालको लागि हटाएको छ ।

चैते दशैको अवसर पारेर निर्धारण गरिएको सो करको विषयलाई लिएर चौतर्फि आलोचना र विरोध भएको थियो । सोहि विरोधलाई थाम्न नसकेर नगरपालिकाले सो ब्यवस्था तत्कालको लागि हटाउने निर्णय गरेको आज एक विज्ञेप्ति मार्फत जानकारी दिएको छ ।

सम्बन्धीत नगरपालिका बाहेक अन्य ठाँउका जनतालाई पुल तर्दा २० रुयैयाँ लिने ब्यवस्थाको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया