• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ज्योती लाईफको शेयर मूल्य ९ सयमाथि पुग्यो,विहिबार पनि सर्किट

काठमाण्डौ – शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा विहिबार पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेटमै शेयर मूल्यमा सर्किट लागेको थियो ।

आजको सर्किटसँगै कम्पनीको शेयर मूल्यमा ९ दिनको कारोबारमै शेयर मूल्य ९ सय ८ पुगेको छ । आज मात्र कम्पनीको शेयर मूल्य ८२ ले बढेको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा २ लाख भन्दा धेरै कित्ताको माग रहेको छ ।

प्रतिक्रिया