एमाले फुटको संघारका बेला ओली र नेपालबीच भेटवार्ता, के भयो सहमति ?

काठमाडौं–नेकपा एमालेका नेताबीचको विवाद पार्टी विभाजनको अवस्थामा पुगेका बेला प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा भएको भेटमा पार्टीमा देखिएका गम्भिर समस्याका बारेमा समिक्षा गरेका छन् । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी गिए ।

नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भए पनि के सहमति भयो भने सार्वजनिक भएको छैन । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् ।

प्रतिक्रिया