काठमाण्डौ – साताको चौथो दिन नेप्से ३४ अंक भन्दा धेरैले घटेको छ भने कारोबार रकम ५ अर्व ७७ करोडमा झरेको छ ।
आजको गिरावटसँगै नेप्से २६ सय ३२ विन्दुमा आएको छ । आज दिनैभरिमा २ सय १४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय ५० कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।
नेप्सेका सबै उपसूचकहरुमा आज रातो पोतियो भने म्युचुअल फण्ड भने सामान्य बढ्यो । आज ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लेवलमा कारोबार भएको छ भने लिवर्टी इनर्जीको शेयर मुल्य सबै भन्दा धेरै घटेको छ ।