काठमाण्डौ – विश्वकमो लामो मध्य एक झोलुङ्गे पुल तर्दा नगरपालिकको शुल्क लिन थाले पछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
यो खवर हो बाग्लुङ जिल्लाको । केहि समय अघि निमार्ण सम्पन्न भएको लामो पुलमा चैते दशैको अवसरमा घुम्न आउने आगन्तुकसँग प्रतिपटक २० रुपैयाँ शुल्क लिन थाले पछि त्यसको चर्को आलोचना भएको हो ।
बाग्लुङ र पर्वत जोड्ने सो पुल लकडाउन सुरु हुनु पुर्व निमार्ण सम्पन्न भएको थियो भने अहिले सञ्चालनमा आएको छ । नाम समेत नजुरेको सो पुलको नामाकरण गर्न समिति बनाइएको छ । सोहि पुलमा नगरपालिकाले पूर्वाधार विकास कर स्वरुप २० रुपैयाँ दिने सुचना टासेको थियो । जुन कुराको चर्को आलोचना भएको छ ।