ज्योती लाईफको शेयर मूल्यमा निरन्तर सर्किट,एक हजार लगानी गर्नेले कमाए ७ हजार भन्दा धेरै

रमेश सेञ्चुरी/काठमाण्डौ - प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा आज पनि सर्किट लागेको छ ।

कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको हो । कम्पनीको शेयर मूल्यमा ८ दिनको कारोबारमै शेयर मूल्य ८ सय २६ पुगेको छ । आज मात्र कम्पनीको शेयर मूल्य ७५ ले बढेको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा ४ लाख भन्दा धेरै कित्ताको माग रहेको छ ।

 

प्रतिक्रिया